FAQs Complain Problems

हाम्रो बारे

Images: 
map: 
Description: 

नेपालको संविधान लागु भएपछि २०७४ सालमा राज्य पूनर्संरचना बाट १४ वडामा बिभाजित फिदिम नगरपालिका दक्षिणमा २७°०३१८.२७" अक्षांश देखि २७०११०५" उत्तरी अक्षांससम्म पश्चिममा ८७०४१ १५.०७" देशान्तर देखि ८७°५५'११" पूर्वी देशान्तरमा फेलिएको छ । पूर्वमा फालेलुङ गाउँपालिका र इलाम जिल्ला, पश्चिममा कुम्मायक गाउँपालिका र तेहथुम जिल्ला, उत्तरमा हिलिहाङ गाउँपालिका र दक्षिणमा फाल्गुनन्द गाउँपालिकाका बीचमा अवस्थित छ राष्ट्रिय जनगणना २०७८ अनुसार २४८९६ महिला र २३६७९ पुरुष गरी कुल ४८४९५ जनसंख्या रहेको छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भु-भागमा फैलिएको समुद्र सतहदेखि १३८० फिट फीदिम ०४ माझीटार तमोर बगर देखि १०७३७ फिट उचाईमा फिदिम लुङ्गप्पा सम्म अवस्थित यस नगरपालिकाको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ। यस नगरपालिकामा उष्ण, उपोष्ण र समशितोष्ण हावापानी पाइन्छ । धान, मकै, गहूँ, केराउ, फापर, दलहन, तेलहन, सदाबहार फलफूहरु आँप, लिची, केरा, भुई स्याउ र अन्य नगदेवाली अलैची, अदुवा, चिया, जडिवुटी साथै विभिन्न किसिम र जातका तरकारी खेती गरिनुका साथै गाई, भैसी, भेडा, बाख्रा, बंगुर, सुगुर, कुखुरा आदि व्यवसायिक र व्यक्तिगत रुपमा पशुपालन गरिदै आएको छ ।
विभिन्न जात जाति र सम्प्रदायको बसोबास रहेको, सबै प्रति सद्भाव, भाईचारा, आपसी मित्रवत सहयोग विविध जात जातिका चाडपर्वहरु एक आपसमा मिलेर मिलेर सहभागि भई मनाउने गरिएको पाइन्छ । पहाडी भूवनोट भएको र धेरै पर्यटकीय स्थलहरु रहेकोले प्राकृतिक रुपमा मनमोहक रहेको छ ।