FAQs Complain Problems

फोटो ग्यालरी

फिदिम नगरपालिका क्षेत्र भित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि जिल्ला स्थित सरोकारवाला विभिन्न शिक्षक संघ संगठनका प्रमुखज्यूहरु, नगर क्षेत्रका विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले ज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप-प्रमुख श्री राधाकृष्ण न्यौपाने ज्यू, प्रमुख प्रशासकिय अधिकृत श्री प्रविन हाङ योङ्हाङ लगायत को उपस्थिती रहेको थियो ।

फिदिम नगरपालिका शिक्षा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख श्री निर्मला दाहालले फिदिम नगरको शैक्षिक सुधार सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र उपर उपस्थित सवैले आ-आफ्नो धारणा सहित राय सुझाव समेत प्रस्तुत गर्नुभएको थियो ।

अन्तरकृया कार्यक्रम अत्यन्तै उपलव्धी मुलक भएको महसुस गरिएको छ ।

मिति: २०८० माघ १५ गते सोमवार

फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रमा विभिन्न ठाँउमा फ्रि वाइफाई सेवा संचालनमा ल्याएको छ ।

जिल्ला समन्वय समिति परिसरमा रहेको वी पी पार्कमा आयोजना गरिएको एक कार्यक्रमका विच नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले ज्यूले फ्रि वाईफाई सेवाको शुभारम्भ गर्नु भएको छ ।

मिति : २०८० माघ १९ गते शुक्रवार

फ्रि वाईफाई उपलब्ध हुने ठाऊँहरुः

सुम्हालुङ गढी मन्दिर क्षेत्र,

वि.पि पार्क

जिल्ला अस्पताल भित्रकाे पार्क

गणतन्त्र चोक

फिदिम मा विकाे खेल मैदान

लोकतन्त्र चोक

आहालगैरी क्षेत्र

शिवालय मन्दिर क्षेत्र

सुरक्षित आप्रबासन कार्यक्रम (सामि) फिदिम नगरपालिका अन्तरगत नेपाल प्रहरी संगकाे अन्तरक्रिया कार्यक्रम फिदिम नगरपालिकाका श्रद्देय नगर प्रमुख मित्र प्रसाद काफ्ले ज्यु काे अध्यक्ष्यतामा प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्ति ज्यु समेतकाे आथित्यतामा सम्पन्न भयाे

फिदिम नगरपालिका क्षेत्रका २० वटा मा.वि. हरुमा सिसि क्यामेरा जडान गरी आज एक भव्य कार्यक्रमका विच नगर प्रमुख श्री मित्र प्रसाद काफ्ले ज्यूले फिदिम नगरपालिकावाट मोवाइल एप्सको वटन थिचेर उद्घाटन गरिएको छ ।

फिदिम नगरपालिकाको शिक्षा शाखावाट २० वटै विद्यालयमा जडान गरिएका सिसि क्यामेराको डिस्प्ले देख्न र आवाज सुन्न सकिने गरी व्यवस्थापन गरीएको सिसि क्यामेरावाट विद्यालयमा भए गरेका गतिविधिहरुको अनुगमन गर्न मिल्ने छ ।

नगर प्रमुख ज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ज्यू, सुरक्षा निकायका प्रमुख ज्यूहरू, जनप्रतिनिधि ज्यूहरू, सञ्चारकर्मी ज्यूहरु, जिल्ला शिक्षा समन्वय प्रमुख ज्यू, विद्यालयका प्र. अ . ज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।

फिदिम नगरपालिकाको पार्श्व चित्र माथि छलफल कार्यक्रम।

, , , , ,

राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम

, , , , , , ,

फिदिम नगरपालिकाको तेस्रो नगर सभाका केहि झलकहरु :

, , , , ,

Pages