फिदिम नगरपालिकाकाे संक्षिप्त परिचय

भौगोलिक अवस्थिति 
    नेपालको मानचित्रमा पाँचथर जिल्लाको फिदिम नगरपालिकाको फैलावट २७.०९० उत्तरी अक्षांश देखि ८७.८७० पूर्वी देशान्तरमा अवस्थित छ । यस नगरपालिकाको पूर्वमा फालेलुङ गाउँ पालिका र इलाम जिल्ला, पश्चिममा कुम्मायक गाउँपालिका र तेह्रथुम जिल्ला, उत्तरमा हिलिहाङ र फालेलुङ गाउँपालिका र दक्षिणमा इलाम र फाल्गुन्नद गाउँपालिकासँग सिमाना जोडिएको छ । मुख्य रुपमा पहाडी र केही उच्च पहाडी भू–भागमा फैलिएको यो नगरपालिका समुद्र सतह देखि १३८० फिट फिदिम न.पा. –४, माझीटार तमोर बगर देखि १०७३७ फिट उचाईमा लुङरुपाको छिन्तापुडाँडा सम्म पैmलिएको छ । यस नगरपालिकाको क्षेत्रफल १९२.५० वर्ग किलोमिटर रहेको छ । हाल निर्माणाधिन मध्य पहाडी (पुष्पलाल लोकमार्ग) नगरपालिकाको सिमानाबाट बग्ने हेवा खोला देखि पुरानो बजार जोरसाल हुदै माझीटार तमोर नदी हुदै तेह्रथुम जोडेको छ । यसै गरी मेची राजमार्ग नगरपालिकाको वडा नं. १४ को पौवा भञ्ज्याङबाट शुरुभई नगरपालिकाको केन्द्र तथा जिल्लाको सदरमुकाम फिदिम हुँदै हेवा खोलाभई हिलिहाङ गाउँपालिका जोडेको छ। यस नगरपालिकाको केन्द्रबाट अन्य गाउँपालिकाका वडा वडा सम्म  कच्ची सडकले जोडेको छ । 
    फिदिम नगरपालिकालाई पुरानो संरचनाका आठ वटा गाउँ विकास समितिहरु जोडेर पुनसंरचित गरिएको छ । यसरी संरचित नगरपालिकालाई १४ वटा वडामा विभाजित गरिएको छ । समुद्री सतहबाट १३८० फिट देखि १०७३७ फिट अग्लो भाग सम्म फैलिएकोले यस नगरपालिकामा उष्ण देखि उपोष्ण साथै समसितोष्ण सम्मको हावापानी पाइन्छ । धनकुटा जलवायु मापन केन्द्रको जानकारी अनुसार यस नगरपालिकामा न्यूनतम तापक्रम १.२ डिग्री सेल्सियस र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस सम्म रहने गर्दछ । यस्तो हावापानी पाइने स्थानहरुमा धान, मकै, गहुँ, आलु, केराउ, फापर, दलहन, तेलहन, सदाबहार फलपूmलहरु आँप, लिची, केरा, रुखकटहर, भुँईकटहर, र मौसमी सुन्तोला, स्याउ, अलैची, अम्रिसो, अदुवा, चिया जडिबुटी साथै विभिन्न किसिम र जातका तरकारीहरु खेती गरिनुका साथै गाई, भैंसी, भेडा, बाख्रा, बंगुर/सुगुर, कुखुरा आदि व्यवसायिक र व्यक्तिगतरुपमा पशुपालन गरिदै आएको छ ।